समाचार

निर्माण हुँदैछन् अस्थायी आवास

Man 26, 2080

निर्माण हुँदैछन् अस्थायी आवास

काठमाडौं, मंसिर २६

भूकम्प प्रभावित नागरिकका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहले कायम गरेका ५९,१६२ लाभग्राहीमध्ये १०,१५३ ले अस्थायी आवास निमाण गर्ने सम्झौता गरेका छन् । सम्झौता गरेका यी लाभग्राहीलाई स्थानीय तहले रु.२४ करोड ६२ लाख ७५ हजार उपलब्ध गराइसकेका छन् ।

रकम प्राप्त गर्ने लाभग्राहीमध्ये रुकुम पश्चिममा २४२३ र सल्यानमा ४० गरी २४६३ परिवार आफ्नै नवनिर्मित अस्थायी आवासमा बसोवास गर्न थालेका छन् ।

भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वायन गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णय बमोजिम विपद् व्यवस्थापन कोषबाट प्रभावित पाँच जिल्ला (जाजरकोट, रुकुम पश्चिम, बझाङ्ग, बजुरा र सल्यान ) मा रु १ अर्ब ४१ करोड रकम निकासा भै सकेको छ ।

यो रकम मध्येबाट यी पाँच जिल्लाका स्थानीय तहले कायम गरेका ५९,१६२ जना लाभग्राहीका लागि रु.१ अर्ब ४ करोड ८ लाख २५ हजार स्थानीय तहको खातामा पुगिसकेको छ।

पालिकामा कायम भएका लाभग्राहीमध्ये सम्झौता गर्न बाँकीलाई प्रथम किस्ता तथा सबैलाई दोश्रो किस्ता बापत लाग्ने रकम रु. २ अर्ब ६० करोड ५० लाख थप निकासा गरिदिन सम्वन्धित जिल्लाहरुबाट माग भई आएको छ ।

यसरी माग भई आएको रकम निकासाका लागि श्री अर्थ मन्त्रालयमा श्री गृह मन्त्रालयले पत्राचार गरिसकेको छ । यसरी निकासाको प्रकृयामा रहेको रकम विपद् व्यवस्थापन कोषमा प्राप्त हुनासाथ कायम भएका लाभग्राहीको संख्याका आधारमा सम्वन्धित जिल्लामार्फत् स्थानीय तहहरूमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रकम उपलब्ध गराउने छ ।

पुष्पकमल दाहाल "प्रचण्ड"

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रवि लामिछाने

माननीय उपप्रधानमन्त्री/गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

अनिल पोखरेल

कार्यकारी प्रमुख

भरत मणी पाण्डे

सह सचिव

रामेश्‍वर मरहट्टा

सह सचिव

डिजन भट्टराई

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : 9851320269

: dijansmita@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4