समाचार

भियतनामको विपद् व्यवस्थापनसम्बन्धी अनुभव अनुकरणीय - कार्यकारी प्रमुख पोखरेल

Bha 27, 2080

काठमाडौं, भदौ २६
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालयका अधिकारीहरुले भियतनामको विपद् जोखिम व्यवस्थापन सम्बन्धी अभ्यासहरुको अवलोकन तथा नेपालका अभ्यासहरुबारे त्यहाँका अधिकारीहरुसँग अन्तरक्रिया गर्नुभएको छ । 
भियतनामको डाइक व्यवस्थापन तथा प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रण विभागको निमन्त्रणामा भियतनाम पुग्नुभएका प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल लगायतका अधिकारीहरुले भियतनामका सफल अभ्यासहरु एवं चुनौतीहरुबारे जानकारी लिनुभएको हो । 
नेपालको प्रतिनिधिमणण्डललाई भियतनामको उक्त विभागका निर्देशक फाम डक लुआनले स्वागत गर्दै विपद् जोखिम न्यूनीकरणमा भियतनामले गरिरहेका प्रयासहरुबारे जानकारी गराउनुभएको थियो । 
त्यसक्रममा निर्देशक लुआनले प्राकृतिक प्रकोप विशेष गरी बाढीका जोखिम न्यूनीकरण र पूर्व चेतावनी प्रणालीमा विभागले गरिरहेका कामहरु र हालसम्म प्राप्त नतिजाहरुबारे अवगत गराउनुभयो । 
बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी पोखरेलले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका साथै सुरक्षित आवासमा नेपालले गरिरहेका प्रयासहरु र असल अभ्यासहरुबारे जानकारी गराउनुभयो ।   
राजधानी हनोइमा भएको उक्त बैठकपछि नेपाली प्रतिनिधिमण्डलले थुआ थिएन-ह्यु प्रान्तको क्षेत्रको भ्रमण गरेको गरी बाढी प्रभावित क्षेत्रमा भएका असल अभ्यासहरूको अवलोकन गरेको थियो । 
त्यसक्रममा बाढीबाट सुरक्षित रहनसक्ने नमूना घरहरु, जलाशय सञ्चालन र जाइकाको सहयोगमा स्थापित पूर्व चेतावनी प्रणालीलगायतको अवलोकन गर्नुभएको थियो । 
प्रमुख कार्यकारी पोखरेलले स्थलगत अवलोकनबाट नेपालका लागि पनि उपयोगी हुने बाढी-प्रतिरोधी आवास निर्माण प्रविधिहरूका साथै बाढी प्रतिरोधी आवासको लागि नवीन दृष्टिकोणहरूबारे जान्ने अवसर मिलेको बताउनुभयो । 
पोखरेलले भन्नुभयो, 'अझ सटिक र समयमै जानकारी प्राप्त गर्न सकिने पूर्व चेतावनी प्रणाली, सुधारिएको डाटा सङ्कलन विधिहरू हाम्रा लागि पनि उपयोगी हुने रहेछन् ।'  
नेपाली प्रतिनिधिमण्डलमा पोखरेलका साथै प्राधिकरणका सहसचिव रुद्रसिंह तामाङ, उपसचिव ध्रुवबहादुर खड्का, गृह मन्त्रालयका शाखा अधिकृत टेक प्रसाद भट्टराई, राष्ट्रिय आवास तथा बस्ती उत्थानशील समन्वय मञ्चका राष्ट्रिय प्राविधिक संयोजक रिजन गजुरेल, सिआरएस नेपालका उत्तम पौडेल र रुपा पाण्डे  हुनुहुन्थ्यो । 
अध्ययन भ्रमणको समन्वय तथा प्राविधिक सहयोग सिआरएस नेपाल अन्तर्गत इम्पावर परियोजनाले गरेको हो । 
यसअघि, नोभेम्बर २०२२ मा बंगलादेशमा भएको एसियाली क्षेत्रीय सुरक्षित आवास फोरमको बैठकमा नेपाल र भियतनामका अधिकारीहरुबीच छलफल भएको थियो ।

पुष्पकमल दाहाल "प्रचण्ड"

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रवि लामिछाने

माननीय उपप्रधानमन्त्री/गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

अनिल पोखरेल

कार्यकारी प्रमुख

भरत मणी पाण्डे

सह सचिव

रामेश्‍वर मरहट्टा

सह सचिव

डिजन भट्टराई

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : 9851320269

: dijansmita@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4