समाचार

पानी डुबेर हुने घटना रोकथाम गर्न जनचेतनामा जोड

Shr 9, 2080

काठमाडौं, साउन ९
पानीमा डुबेर हुने मृत्युलगायतका घटना रोकथामका लागि स्थानीय तह स्तरदेखि नै जनचेतनामा जोड दिनुपर्नेमा अधिकारीहरु एवं विज्ञहरुले जोड दिनुभएको छ । 
पानीमा डुब्नबाट रोकथामका लागि विश्व दिवस (World Drowning Prevention Day) को सन्दर्भमा डुबी हुने मृत्युको अवस्था एवं प्रभावकारी रोकथामका उपायहरुबारे छलफल गर्न आयोजित विपद् संवाद कार्यक्रममा उहाँहरुले यस्तो धारणा राख्नुभएको हो ।
नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक डम्बर बहादुर विकले स्थानीय तहहरुले बजेटको सानो हिस्सा भए पनि छुट्याएर जनचेतनाको कार्यक्रमहरु गर्दा पानीमा डुबेर हुने मृत्युलगायतका घटनाहरु न्यूनीकरण गर्न मद्दत मिल्ने धारणा राख्नुभयो । 
विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयका डा. केदार मरहट्टाले लुप्त तर धेरै नै मानवीय क्षति गर्ने समस्या भएकोले प्रभावकारी जनचेतना हुन सक्दा बालबालिकाको डुबेर हुने मृत्युलाई ८० प्रतिशतसम्म रोक्न सकिने बताउनुभयो ।  
सशस्त्र प्रहरी बल, नेपालका प्रहरी नायव उपरीक्षक पुरुषोतम भण्डारीले सडक दुर्घटना बढेर नदीमा खस्ने र डुबेर मृत्यु हुने घटना पनि बढेको तथ्यांक राख्दै हाल देशका आठ स्थानमा उपकरणसहित गोताखोर जनशक्ति राखिएको जानकारी पनि दिनुभयो ।  
युनिसेफका आपतकालीन विज्ञ सुनिता कायस्थले पानीबाट सुरक्षित हुने आधारभूत जानकारी हुँदा पनि बालबालिकालाई सुरक्षित राख्न सकिने बताउनुभयो ।   
नेपाल रेडक्रस सोसाइटीको जनशक्ति विकास विभागका प्रमुख कृष्ण घिमिरेले पानीमा डुबेका व्यक्तिलाई जोगाउन प्राथमिक उपचार सम्बन्धी ज्ञान महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।  
नेपाल पौडी संघका सचिव एवं राष्ट्रिय पौडी प्रशिक्षक इश्वर कार्कीले पौडी खेल्ने सीप हासिल गर्दा पानीमा परिहाले पनि उत्रन सकिने धारणा राख्दै पौडिन सक्ने सीपको महत्वबारे संचारमाध्यमले पनि प्रचार प्रसार गर्न मद्दत गर्नुपर्ने बताउनुभयो ।  
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रुद्र सिंह तामाङले पानीमा डुबेर हुने मृत्युलगायतका घटना रोकथामका लागि सचेतना बृद्धिमा प्राधिकरणले काम गर्ने बताउनुभयो । 
नेपाल प्रहरीका अनुसार नेपालमा वार्षिक औषतमा ३९६ जना व्यक्तिको पानीमा डुबेर ज्यान जाने गरेको छ । ५३.७ प्रतिशत २५ वर्ष मुनिको समुहमा हुने गरेको छ । अधिकांश घटना पौडी खेल्ने क्रममा, नुहाउने क्रममा, खोला/नदी तर्ने क्रममा एवं आत्महत्याका कारण हुने गरेको छ । 
नेपालमा असारदेखि असोज महिनामा पानीमा डुबेर वा पानीजन्य विपद्का कारण धेरैको ज्यान जाने गरेको छ ।

पुष्पकमल दाहाल "प्रचण्ड"

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रवि लामिछाने

माननीय उपप्रधानमन्त्री/गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

अनिल पोखरेल

कार्यकारी प्रमुख

भरत मणी पाण्डे

सह सचिव

रामेश्‍वर मरहट्टा

सह सचिव

डिजन भट्टराई

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : 9851320269

: dijansmita@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4