समाचार

तातो हावाबाट पर्ने प्रभाव कम गर्न ठोस कार्ययोजना बनाउनु पर्नेमा जोड

Jes 26, 2080

काठमाडौं, जेठ २६

तातो हावाको लहर तथा लूबाट जनजीवनमा परिरहेको प्रभाव, जोगिने उपायहरु तथा यस सम्बन्धमा भइरहेका प्रयासहरुका सम्बन्धमा विपद् संवाद आयोजना गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सभाहलमा आयोजित संवादका क्रममा विभिन्न निकायहरुको भूमिका र जिम्मेवारी स्पष्ट भएको मानवीय कार्ययोजना तथा विषयगत क्षेत्रहरुको योजना आवश्यक रहेको महशुस गरियो ।

तातो हावा सम्बन्धि सरकारी निकायका अधिकारीहरु एवं विज्ञहरुबाट स्थानीय तहहरुको आवश्यकता पहिचान गरी त्यहाँका जनप्रतिनिधिहरुको नेतृत्वमा पूर्वतयारी एवं प्रतिकार्यका कार्यहरु अगाडि बढाउन उपर्युक्त हुने धारणा पनि व्यक्त भयो ।

तातो हावाको लहर तथा लू बाट प्रभावित भएकाहरुलाई जोगाउन गैरसरकारी एवं परोपकारी संस्थाका साथै विपद् स्वयंसेवकहरुको पनि भूमिका हुनेमा सबैको एक मत रह्यो ।

संवादका क्रममा जल तथा मौसम विज्ञान विभागका उप महानिर्देशक अर्चना श्रेष्ठले यस वर्ष विभिन्न स्थानमा अधिकतम तापक्रम हालसम्मकै उच्च रहेको र यो अवस्था अझै केही दिन रहनसक्ने बताउनुभयो ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका वरिष्ठ मेडिकल सुपरिटेन्डन्ट डा. पवन कुमार साहले तातो हावाको लहरबाट सामान्यदेखि बेहोस भई ज्यान जानेसम्मका स्वास्थ्य जोखिम रहेको जानकारी दिनुभयो ।  

नेपाल स्वास्थ्य अनुसन्थान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धितालले स्वास्थ्य, शिक्षा, यातायात, विद्युत प्रणाली लगायतमा प्रभाव पर्ने भएकोले सबै निकायहरुबीच उचित समन्वयमा काम हुनुपर्ने धारणा राख्नुभयो ।  

डिपिनेट, केयर नेपाल, स्टार्ट फण्ड, पिपल इन निड, ओपिएम नेपाल लगायत मानवीय क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुले तातो हावाबाट प्रभावितहरुका लागि आ-आफ्ना संस्थाहरुका योजनाहरुबारे जानकारी गराउनुभएको थियो। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलको अध्यक्षतामा भएको संवाद कार्यक्रमलाई जलवायु परिवर्तन र पानी व्यवस्थापन विज्ञ अजय दीक्षितले सहजीकरण गर्नुभएको थियो ।

पुष्पकमल दाहाल "प्रचण्ड"

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रवि लामिछाने

माननीय उपप्रधानमन्त्री/गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

अनिल पोखरेल

कार्यकारी प्रमुख

भरत मणी पाण्डे

सह सचिव

रामेश्‍वर मरहट्टा

सह सचिव

डिजन भट्टराई

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : 9851320269

: dijansmita@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4